बिहीबार, भदौ ४, २०८३

मनकला हत्या प्रकरणमा भेटियो यस्तो 'क्लु'

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की मनकला खत्रीको हत्या प्रकरणमा नयाँ क्लु पत्ता लागेको छ। आक्रमणकारीले मनकलाको कान काटेर गहना लुटेएको भेटिएको छ। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

सुर्खेत– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की मनकला खत्रीको हत्या प्रकरणमा नयाँ क्लु पत्ता लागेको छ। आक्रमणकारीले मनकलाको कान काटेर गहना लुटेएको भेटिएको छ। 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले गहनाकै लागि मनकलाको हत्या भएको हुनसक्ने बताएका छन्।  ‘घटनास्थलको प्रकृति र शरीरमा लागेको घाउका आधारमा हत्या भएको देखिन्छ,’ रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले भने, ‘मृतकको कान काटिनु र गहनाहरु हराउनुले आक्रमणकारीले गहनाकै लागि हत्या गरेका आशंका छ।’

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको श्रेष्ठले बताए। ‘टाउकोमा चार वटा गहिरो चोट देखिन्छ, हत्या कसले र किन गरेको भन्ने खुलेको छैन,’ उनले भने, ‘एउटा कान काटिएको र अर्काे च्यातिएको छ।’ घटनास्थलका मकै र घाँस कुल्चिएको छ। ‘घटनामा मृतकले प्रतिकार पनि गरेको देखिन्छ,’ डीएसपी श्रेष्ठले भने, ‘घटनाको अध्ययन भइरहेको छ, अनुसन्धानपछि वास्तविकता खुल्छ।’

भैंसीलाई घाँस हाल्न भन्दै गोठमा गएकी मनकलाको सोमबार राति हत्या भएको थियो। साँझ करिब ६ बजेतिर घरबाट गोठ गएकी मनकला राति अबेरसम्म नफर्किएपछि आफन्तले खोजी गर्दा मकै बारीमा मृत भेटिएकी थिइन्। घर र गोठको दूरी करिब दुई सय मिटर टाढा छ। घटनामा केही पनि पक्राउ परेका छैनन्।

त्रिवेणी गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भएकी मृतक हाल सोही गाउँपालिकाको वडा नंं ३ को कुरल भन्ने स्थानमा सासु आमासँगै बस्दै आएकी थिइन्। मृतकका श्रीमान् चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन्। उनका एक नाबालक छोरा छन्।

प्रकाशित: Jul 28, 2021| 02:30 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।