बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका ३ सांसदलाई बर्खास्त गर्न सभामुखलाई पत्र लेख्ने जसपाको निर्णय

लुम्बिनीका ३ सांसदलाई बर्खास्त गर्न सभामुखलाई पत्र लेख्ने जसपाको निर्णय

मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति विपरीत केपी शर्मा ओली पक्षको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने तयारी गरेको हो। विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्काशन गर्न पत्र पठाउने निर्णय भएको जसपाका एक नेताले जानकारी दिए।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशका तीन जना सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ। निर्वाचन आयोगबाट जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्ष नेतृत्वको जसपाले महन्थ ठाकुर पक्षमा लागेका तीन जनालाई बर्खास्त गर्नका लागि सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट बर्खास्त गर्न पत्र पठाउने निर्णय भएको जसपाका एक नेताले जानकारी दिए। 

मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति विपरीत केपी शर्मा ओली पक्षको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने तयारी गरेको हो।

सोमबार मात्र उपेन्द्र यादव पक्षको जसपाले निर्वाचनबाट आधिकारिकता पाएको थियो। 

प्रकाशित: Jul 27, 2021| 15:45 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।