बिहीबार, भदौ ४, २०८३

मंगलबार : नियुक्तिको केन्द्रमा चितवन!

सोमबार नियुक्ति पाएका तीनै जना चितवनका हुन्। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- हालसम्म सार्वजनिक विवरण अनुसार सरकारले सोमबार मात्र तीन जनाको नियुक्ति गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जनालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिएको हो। लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन् भने गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ नियुक्त भएका हुन्।  यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। सोमबार नियुक्ति पाएका तीनै जना चितवनका हुन्। 

को हुन् पृथ्वीमान?
कास्कीबाट राजनीतिक जीवन सुरु गरेका पृथ्वीमान गुरुङ पछि चितवनमा बसाईं  सरेका थिए। चितवन कांग्रेसको तल्लो लेभलबाट राजनीति गरेका उनी सहसभापतिसम्म बनेका कांग्रेसका पुराना नेता हुन्। नेपाली कांग्रेस विभाजन हुँदा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा लागेर उनले सहयोग गरेका थिए। त्यसकै गुण देउवाले तिरेको चितवन कांग्रेस कार्यकर्ताको भनाइ छ। 

पञ्चायत कालमा नै पोखराको पृथ्वीनारायण क्याम्पसमा केही समय प्राध्यापन गरेका गुरुङ बहुदलको पक्षमा लागेको भन्दै उनको जागिर खोसिएको थियो। जागिर खोसिएपछि उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता बनेका थिए। हाल उनी चितवन भरतपुर नगरपालिकाको दिव्यनगरमा बस्दै आएका छन्। 

सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङलाई गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गरिसकेकी छन्। 

को हुन् अमिक?
नेकपा माओवादीको आग्रहमा मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख बनेका अमिक शेरचन सामान्य जीवन बिताउन चाहने सीमित व्यक्तिमा पर्ने उनका सहकर्मीहरूले टिप्पणी गर्ने गरेका छन्। 

म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मिएका उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुन्। 

०६३ मा तत्कालीन नेकपा (माओवादी) प्रवेश गरेका उनी स्थायी समिति सदस्य बनेका थिए। विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए। 

यसअघि पनि गण्डकीको प्रदेश प्रमुख बनेका शेरचन दोस्रो पटक प्रदेश प्रमुख बन्ने भाग्यमानी व्यक्ति भएका छन्। उनलाई अहिले लुम्बिनीको प्रदेश प्रमुख बनाइएको छ। 

को हुन् विश्व?
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमामा नियुक्त विश्व पौडेल पनि चितवनकै बासिन्दा हुन्। युनिभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन्। 

अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन्। डा. स्वर्णीम वाग्ले योजना आयोगको उपाध्यक्ष भएका बेला पौडेलले आयोगको आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। 

प्रकाशित: Jul 27, 2021| 15:32 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।