बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका प्रदेश प्रमुख बने शेरचन र गण्डकीमा गुरुङ नियुक्त

लुम्बिनीका प्रदेश प्रमुख बने शेरचन र गण्डकीमा गुरुङ नियुक्त

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम चितवनका पृथ्वीमान गुरुङलाई गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गरेको जानकारी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। यस्तै चितवनकै अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख हेरफेर गरेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा उनले प्रदेश प्रमुखहरू हेरफेर गरेकी हुन्। 

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम चितवनका पृथ्वीमान गुरुङलाई गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गरेको जानकारी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। यस्तै चितवनकै अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। 

शेरचन यसअघि पनि गण्डकीका प्रदेश प्रमुख थिए। उनी नेकपा माओवादीको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका हुन्। 

यसअघिकी गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव बर्खास्त भएका छन्। 

प्रकाशित: Jul 27, 2021| 14:38 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।