काठमाडौं- नेपालमा मंगलबार १७ हजार ५१८ जनाको परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भयो। यो कुल परीक्षणको २२.२५ प्रतिशत हो। मंगलबारको संक्रमित संक्रमित संख्या पछिल्लो डेढ महिनायताकै उच्च हो।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। परीक्षण बढाइएपछि संक्रमितको संख्या पनि घेरै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ।
सोमबार १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३ हजार ४२१ जनालाई संक्रमण पुष्टि भएको थियो।झन्डै एक महिना भन्दा धेरै स्थिर जस्तै रहेको कोरोना संक्रमण बढ्न थालेको विज्ञहरुले बताएका छन्। साउन लागेपछि कोरोना संक्रमण बढ्न थालेको छ।
साउन १ गते १४ हजार जनाको कोरोना परीक्षण गर्दा २० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो। साउन १ गते २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै साउन २ गते १० हजार ६६ जनाको परीक्षण गर्दा १ हजार ८७५, साउन ३ गते ९ हजार ६२८ जनाको परीक्षणका क्रममा १ हजार ८०१, साउन ४ मा ११ हजार ६६४ जनाको परीक्षण गर्दा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको थियो।
साउन ५ मा १३ हजार १३५ जनाको परीक्षण गर्दा ३ हजार १२३ जना, साउन ६ मा १२ हजार ६१६ जनाको परीक्षण गर्दा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको थियो। यो २२ प्रतिशत हो।
त्यस्तै साउन ७ मा १२ हजार ८२९ जनाको परीक्षणमा २ हजार ७१४ जनामा पुष्टि भएको थियो भने साउन ८ मा १७ हजार ३०८ जनाको परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको थियो। यो जम्मा १७ प्रतिशत हो।
त्यस्तै साउन ९ को तथ्यांक अनुसार १४ हजार ९१० जनामा परीक्षण गर्दा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो, यो २० प्रतिशत हो। साउन १० गते १३ हजार ८३४ जनाको परीक्षण गर्दा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले पछिल्लो समय लकडाउन खुकुलो हुँदा र मानिसहरुले लापरबाही गर्दा संक्रमण बढेको बताएका छन्। साथै कोरोना संक्रमितहरु भन्दा अध्यायन तथा रोजगारीका लागि विदेश जाने, अन्य प्रयोजनका लागि परीक्षण बढी भएकाले संक्रमणको दर अझै बढ्न सक्ने विज्ञहरु बताउँछन्।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७७४ जना छन्। काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनालाई पोजेटिभ देखियो।
अहिले सक्रिय संक्रमित २८ हजार ८३६ जना छन् जसमध्ये अहिले ६११ जना आइसियु र १७१ जना भेन्टिलेटरमा रहेका छन्। हालसम्म नेपालमा ७ लाख ४२ हजार ८१७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने ९७ सय ५८ जनाको मृत्यु भएको छ।