बिहीबार, भदौ ४, २०८३

एमसीसी पास गराउन अर्थमन्त्री प्रतिबद्ध!

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पास गराउन सरकार लाग्ने संकेत दिएका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पास गराउन सरकार लाग्ने संकेत दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगको भेटमा उनले एमसीसी पास गराउने संकेत गरेका हुन्। 

उनले भेटका क्रममा राजदूत बेरीसँग अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुको कार्यान्वयन तथा अनुगमनमा सरकारले तदारुकता देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

एमसीसी अमेरिकाले नेपाललाई दिएको सबैभन्दा ठूलो सहयोग हो। अमेरिकाले नेपालमा एमसीसी लागू भएको पाँच वर्षमा करिब ६० अर्ब रुपैयाँ बराबर पूर्वाधार क्षेत्रमा अनुदान दिने प्रावधान छ। एमसीसी प्रतिनिधिसभामा विचाराधीन छ।

भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेका थिए। 

राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए। विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए। 


 

प्रकाशित: Jul 27, 2021| 11:05 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।