धनगढी- कैलालीमा ५ किलो ५ सय ग्राम चरेश र १ लाख २० हजार नगदसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–११ का ४० वर्षीय गोरे धामीबाट साढे ५ किलो चरेश बरामद गरिएको छ।
सडकमा शंकास्पद रूपमा हिँडिरहेका धामीलाई देखेपछि इलाका प्रहरी कार्यालय मसुरियाले छानबिन गर्दा उनले बोकेको झोलामा सो परिणामको चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
चरेश कैलालीको गोदावरी नगरपालिका–६ बस्ने ३५ वर्षका धनबहादुर धामीले दिएको भन्दै ती पुरुष (गोरे) ले बयान दिएपछि प्रहरीले धनबहादुरको खोजी गरेको हो। धनबहादुर गौरीगंगा नगरपालिका–११ बाट पक्राउ परेका र उनको साथबाट नगद एक लाख २० हजार बरामद गरिएको प्रहरी प्रवक्ता विष्टले बताए।