बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा संसदीय दलको विधान पारित, नेता चयन गर्न निर्वाचन समिति गठन

जसपा संसदीय दलको विधान पारित, नेता चयन गर्न निर्वाचन समिति गठन

विधान पारित गरेको जसपाले दलको नेता पनि छिट्टै चयन गर्ने भएको छ। त्यसका लागि मंगलबारको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समित गठन गरेको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको विधान पारित भएको छ। निर्वाचन आयोगले आधिकारिकताको टुंगो लगाएपछि मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दलको विधान पारित गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। 

विधान पारित गरेको जसपाले दलको नेता पनि छिट्टै चयन गर्ने भएको छ। त्यसका लागि मंगलबारको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समित गठन गरेको छ।

नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ सदस्य रहेको समिति गठन भएको हो। 

बैठकले निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्ने जिम्मेवारी प्रकाश अधिकारी लाई तोक्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Jul 27, 2021| 10:11 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।