बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी र प्रदेश २ मा प्रदेश प्रमुख फेर्न माओवादीको सिफारिस

गण्डकी र प्रदेश २ मा प्रदेश प्रमुख फेर्न माओवादीको सिफारिस

माओवादी केन्द्र स्थायी कमिटी सदस्य शाहका अनुसार गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय भएको हो।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी (केन्द्र) ले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखबाट हटाइएका शेरचन र परियारलाई नै पुनः नियुक्तिका लागि सिफारिस गर्ने निर्णय माओवादीले गरेको हो।

सत्तारुढ गठबन्धनका नेताहरुबीच हाल कायम प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सहमति भएको थियो। त्यहीअनुसार माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले शेरचन र परियारलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।  

शेरचन यसअघि गण्डकी प्रदेश र परियार प्रदेश २ का प्रमुख थिए। तत्कालीन प्रधानमन्त्री ओलीले माओवादी कोटाका तीन प्रदेश प्रमुख शेरचन, परियार र शर्मिला पन्त त्रिपाठीलाई हटाएर आफूनिकटलाई नियुक्त गराएका थिए। 

एउटै प्रदेशमा सोही व्यक्तिलाई पुनः नियुक्त गरेर पठाउन नपाइने संवैधानिक मान्यता भएकाले माओवादीबाट सिफारिस भएका शेरचन गण्डकी बाहेक र परियार प्रदेश २ बाहेकका प्रदेशको प्रमुख नियुक्त हुनेछन्। 

संविधानको धारा धारा १६३ (४) मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नसक्ने उल्लेख छ।
 

प्रकाशित: Jul 27, 2021| 10:01 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।