बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका यी ६८१ कार्यकर्ता, जसले आवेदन दिएको ६ वर्षमा पनि पाएनन् क्रियाशील सदस्यता

कांग्रेसका यी ६८१ कार्यकर्ता, जसले आवेदन दिएको ६ वर्षमा पनि पाएनन् क्रियाशील सदस्यता

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा विवादमा परेर स्थगनमा रहेका ६८१ जनाको क्रियाशील सदस्यता अझै टुंगो लाग्न सकेको छैन।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा विवादमा परेर स्थगनमा रहेका ६८१ जनाको क्रियाशील सदस्यता अझै टुंगो लाग्न सकेको छैन। विवादका कारण १४ औं महाधिवेशनका लागि स्थगनमा राखिएका उनीहरुको सदस्यताबारे रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समिति अनिर्णित बनेको छ। 

सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको क्रियाशील सदस्यताबारे समितिमा सहमति जुट्न नसकेको हो। समितिले सभापति शेरबहादुर देउवालाई मंगलबार बुझाएको प्रतिवेदनमा उनीहरुको सदस्यताबारे सहमति जुट्न नसकेकाले नेतृत्व समक्ष पठाउने निर्णय गरेको उल्लेख छ।  

‘तेह्रौं महाधिवेशनमा क्रियाशील सदस्यता छानविन समितिबाट सोलुखुम्बु जिल्लाका ५१५ जना र बाराका १६६ जनाको बारेमा यस समितिमा सहमति कायम हुन नसकेका कारण यस विषयलाई पार्टी नेतृत्व समक्ष पठाइएको छ,’ प्रतिवेदनमा भनिएको छ। 

कांग्रेसले विवादित स्थानका क्रियाशील सदस्यतामा सहमति जुट्न नसके अर्को महाधिवेशनका लागि स्थगन गर्दैै आएको छ। १२ औं महाधिवेशनबाट यस्तो अभ्यास सुरु भएको थियो। 

१२ औं महाधिवेशनमा काठमाडौं, नुवाकोट र रुपन्देहीका र १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्र र केही पालिकाका वडाका नयाँ क्रियाशील सदस्यता स्थगन गरी महाधिवेशनपछि टुंगो लगाएको थियो। तर, तीमध्ये पनि १३ औं महाधिवेशनका ६८१ जनाको सदस्यताको टुंगो अझै लाग्न सकेको छैन। 

यस्तै सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी कागजात ढिला गरी प्राप्त भएकाले ती जिल्लाका नयाँ क्रियाशील सदस्यताका बारेमा समितिले छलफल नगरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Jul 27, 2021| 09:30 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।