बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री छान्ने दौडधुपमा प्रचण्ड, बिहानैदेखि राजनीतिक भेटघाटमा

मन्त्री छान्ने दौडधुपमा प्रचण्ड, बिहानैदेखि राजनीतिक भेटघाटमा

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन्।  
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन्।  

उनले मंगलबार बिहानै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले सरकारमा सहभागिताका विषयमा छलफल गरेका हुन्। छलफलका क्रममा नेता नेपालले केही समय कुर्न आग्रह गरेको स्रोतले जनाएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एमाले माधव नेपाल पक्षले सरकारमा सहभागिताका विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन। 

नेता नेपाललाई भेटेलगत्तै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका छन्। बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। सरकार गठन भएको १४ दिन हुँदा समेत अझै १७ वटा मन्त्रालय मन्त्रीविहीन छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाए पनि त्यसपछि मन्त्री थप्न सकेका छैनन्। यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंसँग राखेर देउवाले राज्यमन्त्रीमा भने शिक्षा व्यापारी उमेश श्रेष्ठलाई ल्याएका छन्। 

माओवादीले पनि आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्रीको नाम दिन सकेको छैन देउवालाई। शनिबारमात्रै प्रचण्डले पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका थिए। कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको उनले सुनाएका थिए।

‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु। आतंक छ मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने।’ अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने बताए। मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, ‘मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ।’

प्रकाशित: Jul 27, 2021| 05:27 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।