काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी हुन्।
राष्ट्रपति भण्डारी मंगलबार बिहान ९:२ मिनेटमा अस्पताल पुगेकी हुन्। त्यहाँ उनको नियमित स्वास्थ्य जाँच गरिएको छ।