बिहीबार, भदौ ४, २०८३

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन्। गणेश नेपाल सुन चाँदी व्यवसायी संघ बैतडीका अध्यक्षसमेत हुन्। दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्। 

यस्तै सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गत पुसमा दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले योजना बनाएर मन्दिरको सुन लुटेको पुष्टि भएको थियो। उनीहरू चारै जनामाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।

मन्दिरको सुन पुसमा चोरिएको भए पनि चैतमा मात्रै थाहा भएको थियो। चैतपछि गाउँमा स्थानीयवासीले सुन चोर्नेको सोधीखोजी गरेका थिए। उनीहरूले असार अन्तिम साता मात्रै मन्दिरको सुन चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका थिए। लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकामा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ। बिनाबिलको सुन खरिद गर्नु गैरकानूनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। 

यसैबीच लटिनाथ मन्दिरको सुन भण्डार घरको ताला फोडेर चोरेको पुष्टि भएको छ। गत पुसमा धनबहादुर, लालबहादुर, केशव र हरिकृष्णले योजना बनाएर सुन लुटेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए। मन्दिरका पुजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए। मन्दिरमा नौ तोला सुन रहेकामा र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेका हुन्। रासस

प्रकाशित: Jul 27, 2021| 03:13 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।