बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आधिकारिकता पाएपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

आधिकारिकता पाएपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगबाट निरुपण भएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगबाट निरुपण भएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। 

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले जानकारी दिए। 

‘हिजो आयोगबाट आधिकारिकता पाएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने, ‘त्योसँगै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल केन्द्रित हुन्छ।’ उनले पार्टीको आधिकारिकता विवाद निरुपण नभएकै कारण सरकारमा सहभागी हुने निर्णय यसअघि नभएको भन्दै अब त्यस विषयमा पनि पार्टीले टुंगो लगाउने बताए। 

निर्वाचन आयोगले सोमबार जसपा पार्टी दर्ता हुँदा निर्वाचन आयोगमा पेश भएको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरेको थियो। सनाखतका क्रममा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिने फैसला गरेको थियो। 

त्यस्तै अर्को पक्ष महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ता गर्न आएमा दर्ता गरिदिने निर्णय पनि सुनाएको थियो। आयोगको निर्णयमा संक्षिप्त मात्रै प्रतिक्रिया दिएको महन्थ पक्षले अब के गर्छ भन्ने यकिन भइसकेको छैन। एक नेताले आन्तरिक छलफल गरेर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिए।

प्रकाशित: Jul 27, 2021| 02:55 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।