बिहीबार, भदौ ४, २०८३

कोरोना खोप लगाउनेको नाम घरमै पुगेर दर्ता गरिँदै

धनगढी उप-महानगरपालिकाले नगरभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर-घरमा गएर नाम दर्ता गर्न थालेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

धनगढी- धनगढी उप-महानगरपालिकाले नगरभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर-घरमा गएर नाम दर्ता गर्न थालेको छ।

अनलाइन नाम दर्ताका लागि उप-महानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ। ‘कोभिड खोप लगाउनबाट कोही बञ्चित नहून् भनेर घरमै पुगेर १८ वर्षभन्दा माथिका व्यक्तिहरुको नाम दर्ता सुरु गरेका छौँ’ धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नामदर्तापछि खोप लगाउने कार्य पनि व्यवस्थित हुनेछ।’ धनगढी उप-महानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाइन नामदर्ता अभियान सुरु गरेको थियो। नाम दर्ता गराउने अभियानमा ४० जना यूवा स्वयंसेवक खटाइएको मेयर वडले बताए। 

साउन मसान्तसम्म धनगढी उप-महानगरपालिकाले १ लाख ५० हजार जनाको नाम दर्ता गरिसक्ने लक्ष्य लिएको बताइएको छ। वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशिक अस्पताल, धनगढी उप-महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाइन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन्।

धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले अनलाइन नाम दर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरिन्। अनलाइन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उप-महानगरपालिकाबासीले अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए।

प्रकाशित: Jul 26, 2021| 13:44 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।