बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको खोजतलासबीच घरमै भेटिइन् प्रदेश सांसद ढेंगा 

प्रहरीको खोजतलासबीच घरमै भेटिइन् प्रदेश सांसद ढेंगा 

अचानक सम्पर्कविहीन भएकी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुरमती ढेंगा मगर पार्टीको सम्पर्कमा आएकी छन्। 
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

बुटवल– अचानक सम्पर्कविहीन भएकी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुरमती ढेंगा मगर पार्टीको सम्पर्कमा आएकी छन्। 

कपिलवस्तुबाट आज बिहानदेखि सम्पर्कविहीन  भएकी जसपा यादव पक्षकी प्रमुख सचेतक ढेंगा रूपन्देहीस्थित निवासमै रहेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए।

‘हामीसँग फोनमा कुराकानी भयो, पार्टीको सम्पर्कमा आउनुभएको छ,’ अध्यक्ष यादवले भने। पार्टीको सम्पर्कमा आ पनि आफू कहाँ र किन सम्पर्कविहीन भएको भन्नेबारे उनले विस्तृत विवरण नखुलाएको यादवले बताए। जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो।

ढेंगा कपिलवस्तुस्थित एक होटलमा केही सांसदहरुसँग बैठक बसिरहेको बेला हिँडेकी थिइन्। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भएपछि खोजतलास शुरू भएको थियो। आइतबारदेखि उनले कसैको फोन उठाएकी थिइनन् र परिवारको पनि सम्पर्कमा आएकी थिइनन्।

प्रकाशित: Jul 26, 2021| 06:36 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।