काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले महन्थ ठाकुरको साथ छोडेका छन्। ठाकुर समूहमा रहेका यादव अहिले उपेन्द्र यादवको पक्षमा उभिएका हुन्। निर्वाचन आयोगमा उपस्थित भएर उनले आफू उपेन्द्र यादव समूहमा रहेको बताएका छन्।
उनले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेकोले यादव समूहमा लागेको बताए। जसपा विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ। निर्वाचन आयोगले आज जसपाको आधिकारिकता विवादको टुंगो लगाउँदैछ।
आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो। इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो। सोहीअनुरुप जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। यसअघि यादवलाई ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए।