बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा विवाद : सनाखतमा लागि निर्वाचन आयोग पुगे उपेन्द्र पक्षका नेता

जसपा विवाद : सनाखतमा लागि निर्वाचन आयोग पुगे उपेन्द्र पक्षका नेता

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका नेता सोमबार बिहान निर्वाचन आयोगमा पुगेका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका नेता सोमबार बिहान निर्वाचन आयोगमा पुगेका छन्। आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि डाकेपछि अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, लालबाबु राउत, मोहमद इस्तियाक राईलगायत उपस्थित भएका हुन्। 

निर्वाचन आयोगले आज जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउँदैछ। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो। इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो। सोहीअनुरुप जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। 

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ।

प्रकाशित: Jul 26, 2021| 05:57 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।