कोरिया- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण निधन भएको छ।
चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए।
बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचाररत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो।
उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए। उनी प्रवासी नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत रहेका थिए।
उनको निधनलाई एनआरएनए कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ। उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरेको छ।
भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए। उहाँका श्रीमती र छोराछोरी हाल नेपालमा छन्। हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। रासस