बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेशम चौधरीलाई सनाखत गराउन आयोगका कर्मचारी कारागार जाने

रेशम चौधरीलाई सनाखत गराउन आयोगका कर्मचारी कारागार जाने

जसपाको विवाद निरुपण गर्न पार्टी एकीकरण हुँदाका केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्न आदेश गरेको निर्वाचन आयोगले जसपा कार्यकारिणी सदस्य रहेका रेशम चौधरीलाई सनाखत गर्न कर्मचारी कारागार नै जाने भएका छन्। 
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- जसपाको विवाद निरुपण गर्न पार्टी एकीकरण हुँदाका केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्न आदेश गरेको निर्वाचन आयोगले जसपा कार्यकारिणी सदस्य रहेका रेशम चौधरीलाई सनाखत गर्न कर्मचारी कारागार नै जाने भएका छन्। 

पूर्व राजपाबाट निर्वाचित भएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न कर्मचारी कारागार नै जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

‘हामीले जेलरलाई सनाखतका लागि सहजीकरण गरिदिन भनेर पत्र लेखेका छौं,’ उनले भने,‘त्यहाँ कर्मचारीलाई खटाएका छौं। कुन पक्षमा मत जाहेर गर्ने हो त्यो पक्ष उल्लेख गरेर पठाइन्छ।’

उनले कुन पक्षमा आफ्नो मत जाहेर गर्ने हुन वा तटस्थ बस्ने हुन भन्ने यकिन भएको छैन। टीकापुर घटनामा दोषी ठहर भएपछि चौधरी डिल्लीबजार कारागारमा कैद सजाय काटिरहेका छन्।

साउन ७ गते निर्वाचन आयोगले गठन गरेको इजलासले आधिकारिकताको टुंगो लगाउन पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाका ५१ जना नै कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोगमा उपस्थित हुन आदेश गरेको थियो। 

सनाखतका लागि निर्वाचन आयोगले कानुनका सहसचिवलाई तोकेको छ। सचिवालयमा सनाखत भइसकेपछि व्यहोरा चाहि इजलासमा पेश हुने छ। त्यसपछि इजलासको बैठकले आवश्यक निर्णय गर्नेछ।

प्रकाशित: Jul 26, 2021| 04:15 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।