बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनसुन पुनः सक्रिय बनेसँगै देशका केही स्थानमा भारी वर्षाको सम्भावना 

मनसुन पुनः सक्रिय बनेसँगै देशका केही स्थानमा भारी वर्षाको सम्भावना 

केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएसँगै देशभरको मनसुन सक्रिय हुनेक्रम बढेको हो। आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Jul 26, 2021| 01:01 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।