सोमबार, असार २९, २०८३

विश्वकप नजितेसम्म मेस्सीले संन्यास नलिने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विश्वकप फुटबल प्रतियोगितालगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने तयारी गरेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी निर्णयबाट पछि हटेका छन् । उनले अर्जेन्टिनाले विश्वकप नजितेसम्म संन्यास नलिनेसमेत घोषणा गरेका छन् । 

रुसमा जारी विश्वकपमा खराब प्रदर्शन गरिरहेको अर्जेन्टिनाको नकआउट चरणसम्मको यात्रा नै संकटमा परेको छ । यसै प्रतियोगितापछि मेस्सीले संन्यास लिने अडकलबाजी भइरहेका बेला उनले विश्वच्याम्पियन नबनेसम्म संन्यास नलिने प्रस्ट पारेका हुन् ।

खराब फर्मबाट टिम गुज्रिरहेका बेला टिमको साथ नछाड्ने उनले बताएका छन् । आइतबार आफ्नो ३१औं जन्मोत्सव मनाउने क्रममा उनले भने, 'जबसम्म अर्जेन्टिनाका लागि विश्वकपको ट्रफी दिलाउने छैन्, तबसम्म मैले संन्यास लिने छैन ।' 

आफूले सारा महत्वपूर्ण ट्रफी जितेँ पनि विश्वकप भने महत्वाकांक्षामै सीमित भएको भएको भन्दै उनले देशको प्रतिनिधित्व गर्दै विश्वकप ट्रफी नउचालेसम्म संन्यास नलिने घोषणा गरे । 'देशका लागि विश्वकप जिताएै छाड्छु,' उनले अठोठ व्यक्त गरे । 

लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै मेसीले सन् २०१६ मा संन्यासको घोषणा गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपतिलगायत करोडौं समर्थकको आग्रहमा  उनी फेरि टिममा फर्केका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।