बिहीबार, भदौ ४, २०८३

मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटिए

अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

राप्ति- अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन्।

मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आइतबार आयोजित एक कार्यक्रममा ती मूर्तिहरू मन्दिरका पुजारीलाई  हस्तान्तरण गरेका हुन्। 

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए। 

सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा मूर्ति हस्तान्तरण गर्नुअघि तिनलाई सार्वजनिक गरिएको थियो। कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियो। रासस

प्रकाशित: Jul 26, 2021| 00:52 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।