बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।

निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई बोलाएर हत्याको घटनाको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन्।

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाइृ बोलाएर अहिलेसम्म भएको अनुसन्धानको जानकारी लिएको छु’, देउवाले भनेका छन्, चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत् देउवाले यसबारे जानकारी दिएका हुन्।

कञ्चनपुरकी निर्मला पन्तको तीन वर्षअघि आजकै दिन बलात्कारपछि हत्या भएको थियो। यो प्रकरणले निकै चर्चा पाए पनि हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन।

बलात्कार र हत्या घटनाको छानबिनका लागि विभिन्न छानबिन समिति बने पनि कुनै पनि समितिले दोषी पत्ता लगाउन सकेको छैन। जसका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार निकै आलोचित बन्न पुगेको थियो। यसै प्रकरणका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल पनि आलोचित बन्न पुगेका थिए। 

प्रकाशित: Jul 25, 2021| 14:44 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।