बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने सुरक्षा समितिको निर्णय

कोभिड रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने सुरक्षा समितिको निर्णय

केन्द्रीय सुरक्षा समितिले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेको भन्दै रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने निर्णय गरेको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेको भन्दै रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने निर्णय गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। जनताको स्वास्थ्यसम्बन्धी स्वास्थ्य सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्ने पनि निर्णय भएको छ। 

बैठकले बाढीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहत, उद्धार र नियन्त्रण स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेलि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ।  

त्यस्तै पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ। समितिले गरेको निर्णयमा साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ। 

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश प्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए।

प्रकाशित: Jul 25, 2021| 14:22 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।