दाङ- घरायसी विवादमा दाङका मोहनलाल न्यौपानेले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेको छ। शान्तिनगर गाउँपालिका-४ का ७५ वर्षीय मोहनलाल न्यौपाने श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।
आइतबार दिउँसो प्रहरीले उनलाई दाङबाट पक्राउ गरेको छ। श्रीमानश्रीमतीबीच घरायसी विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि मोहनलालले ६९ वर्षीया श्रीमती भगवती न्यौपानेमाथि कुटपिट गरेका थिए।
मोहनलालको कुटपिटबाट श्रीमती भगवती गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा पुर्याइएको थियो। तर उनको उपचारको क्रममा मृत्यु भएको थियो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।