बिहीबार, भदौ ४, २०८३

काठमाडौं उपत्यकामा १० दिनलाई निषेध आदेश थप

काठमाडौं उपत्यकामा १० दिनलाई निषेध आदेश थप गरिएको छ। यसअघि एक-एक हप्ता थप हुँदै आएको निषेध आदेश पछिल्लो पटक १० दिनलाई थप गरिएको हो।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा १० दिनलाई निषेध आदेश थप गरिएको छ। यसअघि एक-एक हप्ता थप हुँदै आएको निषेध आदेश पछिल्लो पटक १० दिनलाई थप गरिएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले साउन ११ गतेदेखि लागू हुने गरी साउन २० गतेसम्मलाई निषेध आदेश थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा यसअघि खुला गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको छ।

थप गरिएको निषेध आदेशमा भिडभाड हुने सबै प्रकारका क्षेत्रहरु खोल्न नपाइने यसअघिका आदेशलाई निरन्तरता दिइएको छ।

त्यस्तै स्थानीय ढुवानी बिहान १ देखि  ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने भनिएको छ।

त्यस्तै सवारी साधनहरुमा कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य  र मास्क नलगाउने यात्रुलाई सवारी साधनमा निषेध गर्न आदेश गरिएको छ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश

 

प्रकाशित: Jul 25, 2021| 11:12 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।