काठमाडौं– धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत फेला परेकी छिन्। धादिङको गजुरी गाउँपालिका–८ पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए।
‘सम्झनाको शव सडेको अवस्थामा फेला परेकोेछ। पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौं,’ खड्काले भने। सम्झना १० दिनदेखि हराइरहेकी प्रहरीले बताएको छ।
सम्झनाको मृत्यु कसरी भयो भन्नेबारे पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीकोे भनाइ छ।