काठमाडौं- शैक्षिक क्षेत्रका व्यवसायी उमेश श्रेष्ठ राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापारी श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेकी हुन्।
लामो समयदेखि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका देउवाले आफ्नै पार्टीका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई राज्यमन्त्री दिएर मन्त्रालय भने आफूअन्तर्गत नै राखेका छन्।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको जनाएको छ।
श्रेष्ठ लिटिल एन्जल्स एजुकेशन ग्रुपका अध्यक्ष हुन्। उनको विभिन्न बैंक तथा होटेलमा लगानी छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकटको सम्बन्ध रहेका श्रेष्ठ समानुपातिक कोटाबाट दोस्रोपटक संसदमा पुगेका हुन्।
