बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदीय समितिको बैठकमा नेपाल र ओली पक्षका सांसदबीच भनाभन

संसदीय समितिको बैठकमा नेपाल र ओली पक्षका सांसदबीच भनाभन

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको तीव्र विवाद संसदीय समितिमा पनि देखिएको छ। 
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको तीव्र विवाद संसदीय समितिमा पनि देखिएको छ। 

असार २८ मा सर्वोच्च अदालतको फैसलापछि आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा एमालेका दुवै पक्षका सांसदहरूबीच भनाभन भएको छ। 

बैठकमा एमाले वरिष्ठ नेता एवम् समिति सदस्य माधवकुमार नेपालले संसद् पुनःस्थापित भएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले संसद् जोगाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिए। 

उनीपछि ओली पक्षीय सांसद नारदमुनि रानाले आफ्नो भनाइ राख्दै अहिलेको संसद् र सरकार जनताको जनादेशबाट नभई सर्वोच्च अदालतको आदेशले पुनःस्थापना गरेको बताए। उनले यस्तो भनेपछि बैठकमा भनाभन भएको हो। रानाले बोल्ने क्रममा ‘संसद् बचाउने चिन्ता गर्नेहरु वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कहाँ थिए?’ भन्दै प्रश्न गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको थियो। 

रानाले त्यसो भनेपछि नेपाल पक्षका सांसद डा. दीपकप्रकाश भट्टले प्रतिवाद गरेका थिए। त्यसपछि वरिष्ठ नेता नेपालले पनि रानाको प्रतिवाद गरे। दुवै जनाले ‘प्रतिगमनका मतियारहरु बाहिर जान’ भनेका थिए। प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोल्ने भन्दै नेपाल र भट्टसहित कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिएका थिए। 

रानाले ‘अनावश्यक कुरा’ गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाएका हुन्। कांग्रेस सांसद विपिन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न रानालाई चेतावनी दिएका थिए।

प्रकाशित: Jul 25, 2021| 08:51 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।