बिहीबार, भदौ ४, २०८३

सेती नदीमा हाम फालेका जोशी बेपत्ता

सेती नदीमा हाम फालेका एक जना बेपत्ता भएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

धनगढी- सेती नदीमा हाम फालेका एक जना बेपत्ता भएका छन्। बझाङस्थित सेती नदीमा हाम फालेका जयपृथ्वी नगरपालिका–११  काप्रीकोटका ६० वर्षीय धर्मराज जोशी बेपत्ता भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले कपडेको झुलुङ्गे पुल नजिकबाट जोशीले हाम फालेको स्थानीयले देखेपछि आफूहरूलाई खबर गरेको बताए। उनले अहिले प्रहरीले जोशीको खोजीकार्य जारी राखेको जानकारी दिए। उनले जोशीले नदीमा हाम फाल्नुको कारण भने अझैसम्म खुल्न नसकेको बताए।

प्रकाशित: Jul 25, 2021| 07:39 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।