धनगढी- कैलालीमा गएराति भएको स्कारपियो दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमध्ये धनगढी उपमहानगरपालिका-१२ मनहेराका राजकुमार चौधरीको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ। अर्का घाइते सोही ठाउँका चालक ३० वर्षीय धनराम चौधरी र ३० वर्षीय तुलसी रानाको धनगढीस्थित सीपी हस्पिटलमा उपचार भइरहेको जिल्ल प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले बताए।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा गएराति ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको थियो।
सडकमा रहेका छाडा पशु चौपायालाई बचाउँने क्रममा स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ।