काठमाडौं- काठमाडौं उपत्यकामा पुनः निषेध आदेश थपिने भएको छ। कोरोना संक्रमणको बढ्दो ग्राफलाई ध्यान दिँदै उपत्यकामा निषेध आदेश थप्ने तयारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण बढिरहेकाले निषेध आदेश थपिने बताए। उनले होटेल रेष्टुरामा कडाइ गर्ने गरी निषेध आदेशको मोडालिटीबारे छलफल भइरहेको बताए।
सबै किसिमका सार्वजनिक सवारी सञ्चालन भइसकेका छन्। निषेध आदेश खुकुलो बनेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दो छ। 'होटल, रेष्टुरामा मानिसको चाप हुने र हावा पास नहुने भएकाले केही कडाइ गर्न खोजेका छौं। यस विषयमा आज बेलेकी ४ बजेपछि काठमाडौं उपत्यकाका तीनै सीडीओको छलफलले नयाँ मोडालिटी तय गर्ने छ', उनले भने।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।