काठमाडौं- कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि सुरु भएको छ ।
कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको हो ।
स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन् ।