बिहीबार, भदौ ४, २०८३

हचुवा खोलामा बेपत्ता भएका युवकको शव फेला

मोरङको केराबारी गाउँपालिका-३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

विराटनगर- मोरङको केराबारी गाउँपालिका-३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार दहमा डुबेर मृत्यु भएको अवस्थामा भोजपुर घर भइ केराबारी–३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठको शव भेटिएको हो। पौडी खेल्न भनेर खोलाको पुलमुनिको दहमा पसेका श्रेष्ठ शनिबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए। 

श्रेष्ठको शव स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले शनिबार राति ९ बजेतिर दहबाट बाहिर निकालेको एसपी राईले बताए। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रकाशित: Jul 25, 2021| 01:44 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।