पर्सा- वीरगन्ज महानगरपालिकाले अनाधिकृत तरिकाले सडक तथा नालामाथि भवण निर्माण समग्री राख्ने घरधनीहरूलाई कारबाही थालेको छ।
वीरगन्ज महानगरपालिकाको मुख्य सडकदेखी भित्रि सडकमासमेत निर्माण समग्री राखेर सडक जाम गर्ने तथा नालामा फोहोर थुपारेर राख्ने घरधनीलाई कारबाही थालेको वीरगन्ज महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाले जनाएको छ।
लामो समयदेखि वीरगन्जको इनरबाइपास, पानीट्याङ्की, नगवा चोक, बाइपास सडकखण्ड, मूर्लिलगायतको विभिन्न सडकमा राखिएको गिट्टी, बालुवा, इटा तथा कवाडीका समान जफत गर्ने, चेतावनी दिने र अटेर गर्ने घरधनीलाई जरिवाना असुल्नेसहितको काम कारबाही अगाडी बढाइएको सरसफाई व्यवस्थापन महासाखाका सहायक प्रमुख सरफूदिन मियाले जानकारी गराएको छ।
लामो समयदेखी सडक तथा नालामाथि नै घर निर्माणको सामग्री राखेर सडक साँघुरो हुदाँ ट्राफिक जाम हुने तथा दुर्घटना बढ्दै गएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको वीरगन्ज महानगरपालिकाका नगर प्रहरीका इन्चार्ज हरी भुसालले बताए।
जफत गरिएका समग्री महानगरमा राख्न ठाउँ अभाव भएपछि तत्कालको लागी ल्याण्ड फिल्ड साइटमा व्यवस्थापन गरिने भएको छ। अभियान नियमित रूपमा चल्ने महानगरले जनाएको छ।