बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई भीम रावलको जवाफ- राजीनामा दिएर म पार्टी एकताको पक्षमा उभिएको हुँ

प्रचण्डलाई भीम रावलको जवाफ- राजीनामा दिएर म पार्टी एकताको पक्षमा उभिएको हुँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्। प्रतिगमनविरुद्धको पाँचदलीय  गठबन्धनबाट आफूलाई ‘ढलेको’ भन्नु प्रचण्डको गलत अभिव्यक्ति भएको रावलको भनाइ छ।

उनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर आफूले स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिन खोजेको बताएका छन्। प्रचण्डले शनिबार एउटा कार्यक्रममा रावलतको राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै टिप्पणी गरेका थिए। 

शनिबार राति नै नेता रावलले सामाजिक सञ्जालमार्फत प्रचण्डको उक्त भनाइलाई खण्डन गरेका छन्। ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ,’ डा. रावलले भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ‘ढलेको’ होइन।’

यस्तो छ उनको रावलको भनाइ

मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ।  

- गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो। 

- प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?

- हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु-यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?

- मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।

प्रकाशित: Jul 25, 2021| 01:01 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।