बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शीर्ष नेताबीच पाँच दलीय गठबन्धन थप सशक्त बनाएर सरकार सञ्चालन गर्ने सहमति

शीर्ष नेताबीच पाँच दलीय गठबन्धन थप सशक्त बनाएर सरकार सञ्चालन गर्ने सहमति

पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच  गबन्धनलाई थप सशक्त बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाका नेताहरूबीचको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने सहमति भएको हो। 

बैठकमा नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच छलफल भएको  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए। 

आजै माओवादी केन्द्रका अध्यक्ष दाहाल र  एमाले वरिष्ठ नेता  नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।

गठबन्धनबाट बाहिरिएको भनेको नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ। छलफलमा सरकारमा सहभागी हुने मन्त्रिहरूका विषयमा समेत कुराकानी भएको बताइएको छ। सरकार कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका लागि यअसघि नै सर्वदलीय कार्यदल बनाइएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाइएको कार्यदलमा नेपाल पक्षका नेताहरू भने सहभागी छैनन्। 

आजै माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।

 

 

प्रकाशित: Jul 24, 2021| 15:52 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।