काठमाडौं- शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट युथफोर्सको उपत्यका कमान्ड घोषणा कार्यक्रम राखेको थियो। युथफोर्सले सहरका विभिन्न स्थानमा मोटरसाइकल र्याली गर्दै कार्यक्रमस्थल पुगेको थियो।
यस क्रममा सहरका विभिन्न स्थानमा पर्चा पम्पलेट लगायतका सामग्री छरिएका थिए। यो फोहोर सफा गर्न भने चिकिस्ता शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समूह पुगेको छ। डा केसीको समूहले युथफोर्सले माइतीघर मण्डलामा गरेको फोहोर सफा गरेको हो।
'शनिबार दिउँसो युथफोर्सले गरेको शक्ति प्रदर्शनका क्रममा बाटोमा छोडेका पानीका बोतल, चुरोटका ठुटा, झन्डा तथा झन्डामा प्रयोग हुने लट्ठीलगायतका फोहोर डा. केसी नेतृत्वको समूहले उठाएको हो,' डा केसीका सहयोग प्रितम सुवेदीले भने।
बिपी प्रतिष्ठानका डाक्टहरूले गरेको आन्दोलनमा समर्थन जनाउन डा केसी माइतीघर पुगेका थिए। त्यही क्रममा युथ फोर्सको शक्तिप्रदर्शनले गरेको फोहोर डा केसीको समूहले उठाएको सुवेदीको भनाइ छ।
