बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएसन अफ नेपाल (फेडा)मार्फत् औसत खरिद दर तय गर्न भनेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएसन अफ नेपाल (फेडा)मार्फत् औसत खरिद दर तय गर्न भनेको छ।

केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनाका लागि समानरूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ। त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ। विप्रेषण कारोवार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ।

इजाजतप्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेस गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।

विप्रेषण कारोवार गर्ने इजाजत प्राप्त कम्पनीले नगद धरौटी लिई सबएजेन्ट नियुक्ति गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ। केन्द्रीय बैंकले विप्रेषण कारोवारलाई थप व्यवस्थित गर्न उक्त निर्देशन दिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए।

प्रकाशित: Jul 24, 2021| 14:48 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।