बिहीबार, भदौ ४, २०८३

दिनभरको प्रयासपछि एकतर्फी खुल्यो भीमदत्त राजमार्ग

पहिरोका कारण दिनभरजसो अवरुद्ध बनेको भीमदत्त राजमार्ग शनिबार साँझ एकतर्फी खुलेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

डडेल्धुरा- पहिरोका कारण दिनभरजसो अवरुद्ध बनेको भीमदत्त राजमार्ग शनिबार साँझ एकतर्फी खुलेको छ। 
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजारौँ यात्रु अलपत्र परेका थिए।

जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि अवरुद्ध भएको राजमार्ग साँझ एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पहिरो नरोकिएका कारण राजमार्ग खुलाउन दिनभरिको समय लागेको प्रहरीको भनाइ छ।

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज (शनिबार) बिहान ८ बजेदेखि अलपत्र परेका थिए। सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

मोड सुधार योजनाले राजमार्गमा पहिराको जोखिम 

सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको सात पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ। मोड सुधार योजनाका कारण सडकमा पहिरो र हिलाम्य भएकाले राजमार्ग जोखिमपूर्ण बन्दै गएको हो।

ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडक जीर्ण हुँदै गएको छ। सडकको बीचबीचमा ठूलठूला खाल्डाखुल्डी खनिएकाले यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र एैरीले बताए। भीमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारले यस वर्ष अन्तिममा सडकको मर्मत गर्ने र मोड सुधार योजनाका कारण पनि सडक जोखिमपूर्ण बन्दै गएको चालकको गुनासो छ। 

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम हुन नसक्दा समस्या उत्पन्न भएको बताए। 

प्रकाशित: Jul 24, 2021| 13:49 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।