बिहीबार, भदौ ४, २०८३

महन्थलाई भेटेपछि बादल निवास पुगे विप्लव

तत्कालीन नेकपा माओवादीका नेता बादल र विप्लवले पुष्पकमल दाहालसँग राजनीतिक सहयात्रा टुंग्याउँदै मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। तर त्यसको एक वर्षपछि भने दुवै नेता पुन अलग भए। बादल प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएका थिए भने विप्लवले नयाँ पार्टी खोलेका थिए।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आजै नेकपा एमालेका नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'सँग पनि भेटघाट गरेका छन्। शनिबारै जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका विप्लव बादलसँग भेटघाटका लागि उनकै निवास पुगेका थिए। 

भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए। बादल गृहमन्त्री भएकै बेला विप्लव नेतृत्वको पार्टीले शान्तिपूर्ण राजनीतिमा फर्कन सरकारसँग सहमति गरेको थियो। तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेकपाले पछिल्लो समय आफूहरूसँग सरकारले गरेको सहमति पालनामा जोड दिँदै आएको छ। 

तत्कालीन नेकपा माओवादीका नेता बादल र विप्लवले पुष्पकमल दाहालसँग राजनीतिक सहयात्रा टुंग्याउँदै मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। तर त्यसको एक वर्षपछि भने दुवै नेता पुन अलग भए। बादल प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएका थिए भने विप्लवले नयाँ पार्टी खोलेका थिए।

अहिले बादल ओली समूहको नेकपामा लागेका छन् भने विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किएको छ। 

सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत सहमति पालना नभएको भन्दै पछिल्लो समय विप्लवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। असार ३० गतेदेखि निरन्तर राजनीतिक भेटवार्ता गर्दै आएका विप्लवले अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतका नेताहरूसँग भेटघाट गरिसकेका छन्।

यो पनि पढ्नुहोस् : राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव, यस्ता छन् नेताहरूसँग भेटवार्ता बढाउनुका तीन कारण

प्रकाशित: Jul 24, 2021| 11:44 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।