बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव र महन्थबीच भेटवार्ता, सरकारसँगको सहमति कार्यान्वयनबारे छलफल

विप्लव र महन्थबीच भेटवार्ता, सरकारसँगको सहमति कार्यान्वयनबारे छलफल

भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनक विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए। सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत सहमति पालना नभएको भन्दै पछिल्लो समय विप्लवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। तीनबुँदे सहिमतिमा विप्लव नेतृत्वको नेकपाका कर्याकर्ता रिहा गर्ने उल्लेख भएपनि अझसम्म नछुटेकाले विप्लव राजनीतिक भेटघाटमा व्यस्त हुन थालेका हुन्। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्। शनिबार महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्माले ठाकुरलाई उनकै निवासमा पुगेर भेट गरेका हुन्।

भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनक विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए। सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत सहमति पालना नभएको भन्दै पछिल्लो समय विप्लवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। तीनबुँदे सहिमतिमा विप्लव नेतृत्वको नेकपाका कर्याकर्ता रिहा गर्ने उल्लेख भएपनि अझसम्म नछुटेकाले विप्लव राजनीतिक भेटघाटमा व्यस्त हुन थालेका हुन्। 

कर्यकर्ता छुटाउनका लागि सहयोग गर्न विप्लवले विभिन्न दलका शीर्ष नेताहरुलाई भेटेर आग्रह गर्दै आएका छन्। असार ३० गतेदेखि निरन्तर राजनीतिक भेटवार्ता गर्दै आएका विप्लवले अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतका नेताहरूसँग भेटघाट गरिसकेका छन्।

प्रकाशित: Jul 24, 2021| 10:28 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।