बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २३ नेपालीको शव आइपुग्यो

रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २३ नेपालीको शव आइपुग्यो

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। 

विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र ३ जनाको अस्तु शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको हो।

यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु ल्याइएको छ। मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइड बडी जहाजमार्फत् नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ। सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ।

प्रकाशित: Jul 24, 2021| 10:03 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।