बिहीबार, भदौ ४, २०८३

नेपालगन्जमा कोठा भाडामा लिएर लागूऔषध कारोबार

भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागूऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

बाँके – भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागूऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ। नेपालगन्ज उपमहनगरपालिका–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगन्गजमा भाडामा कोठा लिएर अवैध लागूऔषध ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो। 

लागूऔषध ब्युरो नेपालगन्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगनज्–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनए कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगन्ज–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

उनका अनुसार छापा मार्दा कोठाबाट लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ। रासस

प्रकाशित: Jul 24, 2021| 08:31 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।