बिहीबार, भदौ ४, २०८३

नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगन

नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ। साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन कांग्रेस क्रियाशीलता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको शनिबार बसेको पदाधिकारी एवम् पूर्वपदाधिकारीकाे बैठकले वडा तहको अधिवेशन स्थगन गर्ने निर्णय गरेको शर्माले बताए।  शर्माले भने, '१२ गतेका लागि ताेकिएकाे वडा अधिवेशन स्थगन गरिने भएकाे छ। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्काे मिति ताेकिनेछ।' उनले यसबाट केन्द्रीय अधिवेशनकाे कार्यतालिका भने प्रभावित नहुने बताए। यद्यपि यसबारे नेताहरुबीच छलफल भइरहेकाे छ।

साउन १२ गते ९ बजे कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन पार्टी सभापति देउवालाई बुझाउने र त्यसपछि त्यसमा छलफल गरेर नयाँ मिति तय हुने शर्माले जानकारी दिएका छन्।

कांग्रेसले १४औं महाधिवेशन भदौं १६ देखि काठमाडौंमा हुने गरी तोकिएको छ। अन्य तहको महाधिवेशन भने नसारिएको उनले बताए।

प्रकाशित: Jul 24, 2021| 07:31 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।