बिहीबार, भदौ ४, २०८३

किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपिन भट्टराई र डोटी जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

साउन ५ गते बुडरबाट घर पुर्‍याइदिने भन्दै  उनीहरूले युवतीमाथि जबरजस्ती गरेको आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीले उजुरी दिएकी थिइन्।

उजुरीमा एक युवकले जबरजस्ती गरेको भए पनि अर्का सँगै भएकाले दुवैलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्घुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।

पक्राउ परेका युवकमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिन थुनामा राख्न म्याद लिएको छ।

प्रकाशित: Jul 24, 2021| 06:54 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।