काठमाडौं- भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ।
सूर्यविनायक नगरपालिका ७ गुण्डुको जंगलमा काफलको रुखमुनी मानव कंकाल फेला परेको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ।
काफलको रुखमा डोरी झुण्डिएको अवस्थामा त्यसको तल मानव कंकाल फेला परेको महानगरीय प्रहरी परीसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए।
रुखमुनी मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको गिरीले बताए।
घटनास्थलमा रातो रंगको म्याजिक चप्पल र माटो लागेका केही कपडा पनि फेला परेका छन्।
मानव कंकाल परीक्षको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको छ।
प्रहरीले हत्या भएको मान्छे पत्ता लगाउन कोही हराएको वा बेपत्ता भएको भए प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।