बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई 'महाराजधिराज' भनेकोमा प्रचण्डले नेपाललाई दिए धन्यवाद

ओलीलाई 'महाराजधिराज' भनेकोमा प्रचण्डले नेपाललाई दिए धन्यवाद

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

नेता नेपाललाई भेटन प्रचण्ड आज बिहान उनकै निवास कोटेश्वर पुगेका थिए। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुन जानु पूर्व प्रचण्ड नेता नेपाललाई भेटन् पुगेका थिए। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य ८औं स्मृति दिवसमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफूले बिहान माधव कुमार नेपालसँग भेटवार्ता गरेर आएको बताएका थिए। ‘आज बिहान माधव नेपाल जि को मा पसेर आएको हुँ। गठबन्धनकै विषयमा छलफल भयो,’ उनले भने,‘हिजो तपाईले सही व्यङ्ग गर्नुभयो भने।’

ओलीलाई महाराजधिराजले राम्रो गर्नुभयो आममाफी दिनुभयो भनि नेता नेपालले गरेको व्यङ्ग्य राम्रो रहेको भन्दै आफूले धन्यवाद दिएको प्रचण्डले बताए। 

कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओली नराम्रोसँग इतिहासमा पछारिएको बताए। ‘विक्षिप्त छन बरबराउन थालेका छन्। यो पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन,’उनले भने, ‘उनकै समूहभित्रका मानिसले पनि उनलाई चिन्ने क्रम पार्टीभित्र नै सुरु भइसकेको छ।’

प्रकाशित: Jul 24, 2021| 06:31 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।