बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन्- उनान्चासै जना सांसद मन्त्री बन्न खोजेपछि तनावमा छु

प्रचण्ड भन्छन्- उनान्चासै जना सांसद मन्त्री बन्न खोजेपछि तनावमा छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विषय परिस्थितिमा सरकार निर्माण भएको भन्दै सरकारले जनताको पक्षमा अलिअलि भए पनि सकारात्मक काम गर्दै जानुपर्ने बताएका छन्।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विषय परिस्थितिमा सरकार निर्माण भएको भन्दै सरकारले जनताको पक्षमा अलिअलि भए पनि सकारात्मक काम गर्दै जानुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले कुनै मन्त्रीलाई अलिकति पनि लापरवाही गर्ने कुनै छुट नभएको बताए। ‘सरकारले हुन त राम्रो कामको सुरुवात गरेको छ। पहिलो काम भनेको नै अहिले जनताको जीवन रक्षा गर्नु हो,’ उनले भने, ‘त्यसपछि हिजोका प्रधानमन्त्रीले गरेका गलत सेटिङ भत्काएर सही सेटिङ गर्नुछ।’

आफ्नो पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा रहेको पनि प्रचण्डले बताए। ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनुहुन्थ्यो,’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्तचाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ।’

उनले पार्टीलाई एकचोटि जनतातर्फ फर्काएर एकजुट बनाउनु जरुरी रहेको भन्दै त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। ‘यो भन्न जस्तो सजिलो छैन र असम्भव पनि छैन। हामीले आफूभित्रकाे धुलोमैला टकटकाउने आँट गर्‍यौं भने पार्टीलाई बलियो बनाउन सक्छौं,’ उनले भने,‘घेरा हालेर जुन आन्दोलन सिध्याउन खोजिएको थियो उनीहरु अहिले पछारिएका छन्। आफ्नो शक्ति सुदृढ गरेर मात्रै त्यस्तो प्रवृत्ति परास्त गर्न सकिन्छ।’

उनले पाँच दलीय गठबन्धन भत्काउन देशभित्र र बाहिरबाट धेरै कसरत भए पनि आफूहरुले पूरा ताकत लगाउँदा उनीहरु परास्त भएको बताए। 

‘गठबन्धनमा राम्रो भूमिका खेलेका केही साथीहरु एकाएक ढल्किए। राजीनामा प्रकरण हेर्दा हुन्छ। गम्भीर ढङ्गले चिजहरु भएका छन्,’ भीम रावलले दिएको राजीनामा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘गठबन्धन टुटाउन नसकेपछि बहुमत प्राप्त नहोस् भन्नका लागि ठूलो कसरत भयो हामीले पनि सकेको तागत लगाएर झण्डै दुई तिहाइको बहुमत बनाइयो अहिलेको सरकारलाई।’ उनले अझै अनेकौं खेल खेलेर भत्काउने प्रयास भइरहेको भन्दै सबै सचेत हुनुपर्ने बताए।

प्रकाशित: Jul 24, 2021| 06:19 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।